Tuesday, March 22, 2011

Kavre

काभ्रे पलाञ्चोक जिल्लाको नक्सा र गा.वि.स. जानकारी
Friday, July 2, 2010
Posted by feeda




















Anaikot Balathali Balting Baluwa Baluwapatti Deupur Banakhu Chor Banepa Batase Bekhsimle Dhartigaun Bhimkhori Bhumidanda Bhumlutar Birtadeurali Bolde Fediche BudhakhaniChalal Ganeshsthan Chandeni Mandan Choubas Chyamrangbesi Chyasing Kharka Dandagaun Dapcha Chhatrebangh Daraune PokhariDeuvumi Baluwa Devitar Dhulikhel Dhunkharka Bahrabise Dhuseni Siwalaya Dolaghat Falate Bhumlu Falemetar Foksingtar Gairi Bisouna Deupur Ghartichhap Gokule Gothpani Hokse Bazar Indreswor Jaisithok Mandan Janagal Jyamdi Mandan Kalati Bhumidanda Kanpur Kalapani Kartike Deurali Katunje Besi Kavre Nitya Chandeswor Khahare Pangu Khanalthok Kharelthok Kharpachok Khopasi Kolati Bhumlu Koshidekha Kuruwas Chapakhori Kushadevi Machchhegaun Madan Kundari Mahadevsthan Mandan Mahadevtar Mahankal Chaur Mahendra Jyoti Majhi Feda Malpi Mangaltar Mathurapati Fulbari Methinkot Milche Nagre Gagarche Nala Nasiksthan Sanga Nayagaun Deupur Panchkhal Pangu Patalekhet Pokhari Chauri Pokhari Narayansthan Puranogaun Dapcha Ravi Opi Rayale Saldhara Salle Bhumlu Salmechakala Sankhupati Chour Sanowangthali Saping Sarada Batase Saramthali Sarasyunkhark Sasakhani Sathighar Bhagawati Sikhar Ambote Simalchour Syampati Simthali Sipali Chilaune Subbagaun Sunthan Syampati Thoukhal Thulo Parsel Tukucha Nala Ugratara Janagal


More

at 3:17 PM 1 comments Links to this post

Labels: district

धार्मिक सन्दर्भ
Posted by feeda

हिन्दू एवं बौद्धमार्गीहरूका लागि यस जिल्लामा विख्यात मन्दिर र गुम्बाहरू रहेका छन् । पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, लड्केश्वर महादेव, व्रम्हायणी, रंगनाथ मन्दिर, गोरखनाथ, फुल्चोकी, शैलेश्वर गोर्साईंस्थान, आशापुरी महादेव, करुणामाई भगवती, गौखुरेश्वर, दुलालेश्वर महादेव लगायतका तीथस्थलहरू विदेशमासमेत, अधिराज्यभर र आसपासका जिल्लाहरूमा प्रसिद्ध रहेका छन् भने जिल्लाभित्रै मात्र ख्याति पाएका अनेकन् मठ, मन्दिर, गुम्बा, ध्यान एवं सत्संग आश्रमहरू पनि उल्लेख्य संख्यामा रहेका छन् ।

यस जिल्लामा सांस्कृतिक महत्वका निकैरोचक, आकर्ष र वृहत्जात्रा एवं मेलाहरू पनि आवधिक रूपमा लाग्दछन् । विशेष प्रख्यातिका दृष्टिले त्यस्ता केही मेलाहरू मध्ये प्रत्येक १२ वर्षा लाग्ने मकर मेला -पनौती) , प्रत्येक १२ वर्षा लाग्ने हलसिद्धि जात्रा, पनौती जात्रा -ज्याःपून्हि), नवदुगा जात्रा -पनौती/धुलिखेल), बाह्रवर्षो हरिसिद्धि मेला -धुलिखेल), प्रत्येक जनै पूणिर्मामा लाग्ने शैलेश्वर गोर्साईंस्थान मेला -बनेपा), वैशाख पूणिर्मामा लाग्ने चण्डेश्वरी जात्रा -बनेपा), कार्तिक पूणिर्मा -हरि बाधिनी एकादशीपछिको) मा लाग्ने नमोबुद्ध दर्शन -श्यामपाटी सिमलचौर), हरिबोधिनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा -बल्थली), माघ महिनाभर लाग्ने धनेश्वर महादेव दर्शन -धनेश्वर) महत्वपूर्ण मानिन्छन् । वि.सं.२०५८ को जनगणना अनुसार यस जिल्लामा ६४.७७% हिन्दू, ३४.६९% बौद्ध, ०.०५% मुस्लिम, ०.०१% किराँत, ०.२९% क्रिश्चियन र ०.१८% अन्य धर्मावलम्बीहरू रहेका छन् ।
बाकी ...

at 3:05 PM 0 comments Links to this post

Labels: district

भौगोलिक स्थिती
Posted by feeda

Melamchi
Lovely Village Sipaghat.
काभ्रेको बारेमा

नेपाल अधिराज्यको मानचित्रमा ८५०२४ '-८५०५३ ' पूर्वी देशान्तर र २७०२० '-२७०४५' उत्तरी अक्षांशकाबीच फैलिएर रहेको काभ्रे जिल्लाको क्षेत्रफल १३९६ वर्ग कि. मि. रहेको छ । काठमाण्डौं उपत्यकादेखि सबभन्दा नजिकमा रहेको अर्को जिल्ला सदरमुकाम धुलिखेल हो । यस जिल्लाको सिमाना वागमती अञ्चलका काठमाण्डौं (पश्चिम), भक्तपुर -पश्चिम), ललितपुर -पश्चिम), सिन्धुपाल्चोक (उत्तर), जनकपुर अञ्चलका रामेछाप, दोलखा (दुवै पूर्व) र सिन्धुली (दक्षिण) अनि नारायणी अञ्चलको मकवानपुर (दक्षिण) समेत गरी कुल आठ वटा जिल्लासँग जोडिएको छ । जिल्लाको दक्षिणी सीमा हुँदै बग्ने साल्मे चाकल गा. वि.स. स्थित को खाजोरखोला आस पास यस जिल्लाकै न्यूनतम उचाइ बिन्दू (करिब २८० मि.) फेला पर्दछ भने ३०१८ मिटर उचाइ रहेको बेथाञ्चोक नारायण डाँडा (ढुंखर्क गा.वि.स.) नै र्सवाधिक उच्च बिन्दू हो । जिल्लाको औसत लम्बाइ (पूर्व/पश्चिम) ४२.०५ कि. मि. छ भने औसत चौडाइ (उत्तर/दक्षिण) ३५.४२ कि.मि. रहेको छ । इन्द्रावती, सुनकोशी, वागमती र रोशी यस जिल्ला हुँदै बग्ने ठूला नदीहरू हुन् । जिल्लाभित्र साना ठूला गरी ४९२ वटा नदीनालाहरू रहेका र तिनीहरू बाट कुल १५७३ कि.मि. जलप्रवाह हुने अनुमान छ ।

अधिराज्यको मध्यपहाडी क्षेत्रमा पर्ने यस जिल्लामा अर्धउष्ण, न्यानोस मशीतोष्ण र ठण्डा शीतोष्ण गरी मोटामोटी तीन प्रकारका हावापानी पाइन्छ । भूमिको बनावट हेर्दा कुल भूमिमध्ये ५२।५%, ४१.३%, ५.१% र १.१% भू-भाग क्रमशः ज्यादै भिरालो जमिन, कम भिरालो जमिन, फाँट र ग्राभेल, ढुंगा / नदीले ओगटेको छ ।
बाकी...

at 1:57 PM 0 comments Links to this post

Labels: district

अबाउट काभ्रे
Thursday, November 26, 2009
Posted by feeda


Kavre is located to the west of Ramechhap and Dolakha, to the east of Kathmandu, Lalitpur and Bhaktapur, to the south of Sindhupalchowk and to the north of Sindhupalchowk and Sindhuli and Makwanpur.

at 9:07 PM 0 comments Links to this post

Labels: district

No comments: